अन्तिम अद्यावधिक: अक्टोबर २०२६
गलत वा क्षतिग्रस्त सामान आएमा के गर्ने भन्ने जानकारी।
१. फिर्ता मिल्ने अवस्था
- डेलिभरी भएको ३ दिनभित्र क्षतिग्रस्त, म्याद सकिएको वा Order भन्दा फरक सामान आएमा फिर्ता/Refund अनुरोध गर्न सकिन्छ।
- अनुरोधसँग सामानको फोटो र Order नम्बर राख्नुपर्छ। Help Centre बाट पठाउनुहोस्।
२. फिर्ता नमिल्ने अवस्था
- प्रयोग भइसकेको, ग्राहकले नै बिगारेको वा ३ दिनपछि आएको गुनासो फिर्ता हुँदैन।
३. Refund
- गुनासो जाँची ठीक भएपछि COD मा रकम फिर्ता वा सट्टा सामानको व्यवस्था गरिन्छ; QR भुक्तानीमा उही माध्यमबाट Refund गरिन्छ।