मुख्य सामग्रीमा जानुहोस्

Community नियमहरू

अन्तिम अद्यावधिक: अक्टोबर २०२६

सुपादेउरालीबजार सबैका लागि सुरक्षित र विश्वासयोग्य बनाउन पालना गर्नुपर्ने नियमहरू।

१. निषेधित सामान

  • कानुनले रोक लगाएका, नक्कली वा प्रतिबन्धित ब्रान्डका नक्कली सामान बेच्न पाइँदैन।
  • म्याद सकिएको वा स्वास्थ्यका लागि हानिकारक सामान राख्न पाइँदैन।

२. ठगी र गलत जानकारी

  • गलत मूल्य, गलत विवरण वा भ्रामक फोटो राख्न पाइँदैन।
  • नक्कली Order, नक्कली Review वा Rating मिलेमतो गर्न पाइँदैन।

३. व्यवहार

  • गाली, धम्की वा दुर्व्यवहार कसैसँग पनि गर्न पाइँदैन।
  • अरूको व्यक्तिगत जानकारी बिना अनुमति सार्वजनिक गर्न पाइँदैन।

४. उल्लंघन भएमा

  • नियम उल्लंघन गरेको देखिएमा Help Centre बाट रिपोर्ट गर्नुहोस्। Admin ले जाँच गरी सामान हटाउने, Seller निलम्बन गर्ने वा Account बन्द गर्ने कारबाही गर्न सक्छन्।