अन्तिम अद्यावधिक: अक्टोबर २०२६
सुपादेउरालीबजार (SupaDeuraliBazar) ले तपाईंको व्यक्तिगत जानकारीको सुरक्षालाई गम्भीरतापूर्वक लिन्छ। यो नीतिले हामी कुन जानकारी संकलन गर्छौं, किन गर्छौं र कसरी सुरक्षित राख्छौं भन्ने बताउँछ।
१०. सुपा सहायक र आवाज
- सुपा सहायकलाई पठाएको प्रश्न र आवश्यक कुराकानी AI सेवामा जवाफका लागि पठाइन्छ। Login खातामा छुट्टाछुट्टै कुराकानी सुरक्षित राखिन्छ; पाहुनाको इतिहास अस्थायी हुन्छ।
- सुरक्षा र सहायता प्रयोजनका लागि प्रश्न, समय, प्रयोगकर्ता वा अज्ञात परिचय, प्रयोग भएका खोजी र उपलब्ध token संख्या Admin ले मात्र पढ्न पाउने अभिलेखमा राखिन्छ। Password, OTP र भुक्तानीका गोप्य विवरण नपठाउनुहोस्।
- माइक थिचेपछि मात्र तपाईंको अनुमति लिएर ब्राउजर/फोनको आवाज चिन्ने सेवा प्रयोग हुन्छ। उक्त सेवाले आवाज प्रशोधन गर्न सक्छ। हाम्रो server मा कच्चा आवाज पठाइँदैन वा राखिँदैन; तपाईंले जाँचेर पठाएको अक्षर मात्र जान्छ।
- प्रयोग सीमा लागू गर्न नेटवर्क IP को एकतर्फी गोप्य hash प्रयोग हुन्छ; साझा नेटवर्कका प्रयोगकर्तालाई एउटै सीमा लाग्न सक्छ। Chat डाटा मेटाउन सहायता सम्पर्कमा अनुरोध गर्न सक्नुहुन्छ।
- Login गरेका ग्राहकको जवाफमा दिएको उपयोगी/अनुपयोगी प्रतिक्रिया सहायता सुधार गर्न Admin समीक्षा गर्न पाउने गरी राखिन्छ। फोन, WhatsApp वा Email थिच्दा सम्बन्धित बाह्य सेवा खुल्छ। AI बन्द हुँदा नीति र सहायता सम्पर्क मात्र देखिन्छ।
फोटोबाट सामान खोज
- तपाईंले छानेको फोटो सामान चिन्न र खोज शब्द बनाउन बाह्य AI सेवामा पठाइन्छ। एपले फोटो खोजका तस्वीर आफ्नो Storage मा राख्दैन; खोज शब्दबाट स्वीकृत र Stock भएका सामान मात्र खोजिन्छन्।
- फोटोमा व्यक्तिगत कागजात, भुक्तानी प्रमाण वा अन्य संवेदनशील जानकारी नपठाउनुहोस्। बाह्य सेवाको फोटो राख्ने अवधिको पुष्टि अझै भएको छैन।
१. हामी कुन जानकारी संकलन गर्छौं
- तपाईंको नाम, मोबाइल नम्बर र Email ठेगाना। Password सादा रूपमा होइन, सुरक्षित hash का रूपमा राखिन्छ।
- डेलिभरी ठेगाना: प्रदेश, जिल्ला, नगरपालिका, वडा नम्बर र नजिकको स्थान।
- Order इतिहास, Cart र Wishlist का सामानहरू।
- Seller भए: पसलको नाम, विवरण, फोन, ठेगाना, लागू व्यवसाय दर्ता/PAN/VAT विवरण र नियम स्वीकार गरेको समय। यी व्यवसाय विवरण Seller र Admin का लागि मात्र हुन्।
- Seller सहायता अनुरोध, Admin को जवाफ तथा Stock र स्वीकृतिका कार्य अभिलेख।
- Profile फोटो (यदि तपाईंले राख्नुभयो भने)।
- सामानका फोटो, QR भुक्तानीको प्रमाण र दिएको भए Transaction ID; सहायता सन्देश र Account मेटाउने अनुरोध।
२. किन संकलन गर्छौं
- तपाईंको Account बनाउन र Login सुरक्षित राख्न।
- Order प्रक्रिया गर्न, सामान डेलिभर गर्न र भुक्तानी (COD) व्यवस्थापन गर्न।
- Order सम्बन्धी जानकारी र ग्राहक सहायता दिन।
- ठगी रोक्न र प्लेटफर्म सुरक्षित राख्न।
३. कसले देख्न सक्छ
- Seller ले तपाईंको Order डेलिभर गर्न आवश्यक जानकारी मात्र देख्छन् (नाम, फोन, डेलिभरी ठेगाना र Order गरिएका सामान)।
- Admin ले प्लेटफर्म सञ्चालन र सहायताका लागि जानकारी हेर्न सक्छन्।
- हामी तपाईंको व्यक्तिगत जानकारी कुनै पनि तेस्रो पक्षलाई बेच्दैनौं। कानुनले माग गरेमा मात्र सम्बन्धित निकायलाई दिन सकिन्छ।
४. Cookies र Local Storage
- तपाईंलाई Login राखिराख्न हामी ब्राउजरको local storage प्रयोग गर्छौं।
- एप छिटो खुलोस् र इन्टरनेट नहुँदा सूचना देखाउन केही फाइलहरू तपाईंको उपकरणमा सुरक्षित राखिन्छन्।
- हामी विज्ञापनका लागि tracking cookies प्रयोग गर्दैनौं।
५. डाटा सुरक्षा
- सबै डाटा सुरक्षित (HTTPS) जडानबाट पठाइन्छ।
- Password कहिल्यै सादा अक्षरमा राखिँदैन।
- हरेक प्रयोगकर्ताले आफ्नो डाटा मात्र हेर्न पाउने गरी database स्तरमा नियम लागू गरिएको छ।
६. तपाईंका अधिकार
- आफ्नो जानकारी हेर्ने, सच्याउने र अद्यावधिक गर्ने अधिकार।
- Account र डाटा मेटाउन अनुरोध गर्ने अधिकार ("Account मेटाउने अनुरोध" पेज हेर्नुहोस्)।
- कुनै पनि बेला सहायताका लागि हामीलाई सम्पर्क गर्ने अधिकार।
७. बालबालिका
- यो सेवा १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि होइन। बालबालिकाको जानकारी जानीजानी संकलन गरिँदैन; थाहा भएमा तुरुन्तै मेटाइन्छ।
८. नीतिमा परिवर्तन
- यो नीति समय-समयमा अद्यावधिक हुन सक्छ। ठूलो परिवर्तन भएमा एपमा जानकारी दिइनेछ।
९. सम्पर्क
- Email: ravi.ramesh.official@gmail.com
- फोन / WhatsApp: +977-9766220524